arrow

कमला नानीको उद्दार

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
Kuwait.jpg.jpeg
काठमाडौं । महानगरीय प्रहरी महाशाखा काठमाडौंले वैदेशिक रोजगारीमा गएकी एक पीडित महिलाको उद्दार गरी नेपाल फर्काएको छ ।
 
२०७० फाल्गुन ११ गते नेपालबाट बैदेशिक रोजगारीको शिलशिलामा कुबेत स्थित सब्बा सालिममा घरायसी कामदारको रुपमा गएकी नवलपरासी दाउन्नेदेबीकी २९ वर्षीया कमला केसीको उद्दार गरेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।
 
उनले लानो समयसम्म काम गर्दा पनि रोजगारदाताले तलब समेत नदिएको कारणले उक्त स्थानबाट भागेर अन्यत्र गई काम गरिरहेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरी २६ दिन सम्म उनलाई थुनामा राखेको थियो । 
 
उनी थुनामुक्त भए पश्चात महाशाखामा केसीको भाइले जानकारी गराएपछि २९ वर्षीया के.सी लाई महाशाखाको विशेष पहलमा कुबेत स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायहरु समेतको समन्वयमा उद्दार गरी शनिबार नेपाल ल्याईएको महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ