arrow

पूर्वपञ्चहरु सलवलाए, को होला शक्तिको राजा ?

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
rpp-samanntar.png.png
काठमाडौँ। विभिन्न समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पुनः एकीकृत हुने प्रयासमा लागेका छन् । एकीकृत राप्रपा निर्माण अभियानद्वारा आज आयोजित कार्यक्रममा मुलुकमा स्थायी शान्ति तथा दिगो विकासका लागि पञ्चायत पृष्ठभूमिका नेताको दृष्टिकोण र अभ्यासलाई प्रयोग गर्न उनीहरुको अनुभवका साथै एकताको खाँचो औँल्याए । 
 
राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले देश तथा जनताको पक्षमा संवेदनशील भई काम गर्ने प्रजातान्त्रिक शक्ति मुलुकलाई आवश्यक रहेको बताउँदै त्यसका लागि पूर्वपञ्चको एकतामा जोड दिए । 
 
राप्रपा नेपालका पूर्वसहअध्यक्ष केशरबहादुर विष्टले मुलुकमा संविधान जारी भएपछि पनि राजनीतिक अस्थिरता कायम भएको, जातिय, भाषिक द्वन्द्वका कारण सामाजिक सद्भाव खल्बलिएको अवस्थामा विभिन्न समूहमा छरिएको राप्रपालाई एकजुट गर्न अभियान थालिएको बताए । 
 
राप्रपा नेपाल समानान्तरका अध्यक्ष गणेश शेरचन, राप्रपा नेपालका पूर्वप्रवक्ता एवम् वरिष्ठ अधिवक्ता विष्णु भट्टराईलगायतले राष्ट्रियता, प्रजातन्त्र, उदारता, हिन्दूत्वको विषयमा समान दृष्टिकोण राख्ने अन्य पार्टी तथा नेतालाई समेत अभियानमा सहभागी गराएर अघि बढनुपर्ने विचार व्यक्त गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ