अधिकृतमा कोरोना देखिएपछि नेपालगञ्जको राजश्व कार्यालय बन्द
सौरभ गिरी,
प्रकाशित २०७७ साउन ११ आइतबार
858
Shares
नेपालगञ्ज। आफ्ना एकजना अधिकृतलाई कोरोना भएपछि आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले कामकाज बन्द गरेको छ। शनिबार जुम्ला घर भई आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा कार्यरत ३३ बर्षीय अधिकृतमा कोरोना पुष्टि भएपछि कार्यालयले सूचना निकालेर आज कार्यालय बन्द भएको जनाएको हो।
कार्यालयका सम्पूर्ण कर्मचारीहरुको पिसिआर परिक्षण भइरहेको र कर्मचारीहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएका कारण आज कार्यालयबाट प्रदान हुने सेवाहरु बन्द रहेको सूचनामा जनाइएको छ।