arrow

आफ्नो जग्गा बचाउन हुलाकी राजमार्गमा वडाध्यक्षको अवरोध, मतियार मेयरले झारे स्थानीयको झाको

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन ११ आइतबार
hulaki-marga-janakpur.jpg

धनुषा । आफ्नो जग्गा बचाउनका लागि जनकपुरधाम उपमहानगरपालिकाका एक जनप्रतिनिधिले महिनैदेखि  हुलाकी  राजमार्गको काम अबरुद्ध गरेका छन्।

निर्माण भईरहेको हुलाकी  राजमार्गमा जनकपुरधाम उपमहानगरपालिका वडा १६ का वडाध्यक्ष राम अशिष पंजियारले आफ्नो जग्गा बचाउनको लागि गलत रुपमा नापीनक्सा गराउन लागेको स्थानीयवासीहरुले आरोप लगाएका छन । 

जनकपुरधामको पुलचोकदेखि पुर्व जाने बाटोमा दक्षिण पट्टी रहेको जग्गा वडा अध्यक्ष पंजियारको रहेको र त्यसलाई जोगाउनको लागि उतर पट्टीबाट केही ठाँउमा करिब सात जनाको जग्गा जबरजस्ती च्याप्न खोजेको स्थानीयवासीहरुले आरोप लगाए।

स्थानीय देवेन्द्र प्रसाद साहले भने अनुसार सडक ५२ फिट रहेको र दुवै तर्फबाट जग्गा लिनुपर्नेमा वडाध्यक्षले आफ्नो जग्गा जोगाउन केही ठाँउमा गलत रुपमा जग्गा नपाउन खोजेको बताए ।

साहका अनुसार आफुहरु हुलाकी सडक आयोजना र जनकपुरधाम उपमहानगरपालिकामा धाउदा समेत समस्याको कुनै निकास नपाएको आरोप लगाए।
 
उच्च अदालत जनकपुरले समेत सडकको बिचको केन्द्र तोकेर जग्गा छुटटायाउनुपर्ने आदेश दिदा समेत यसको वेवास्ता नगरिएको देवेन्द्र साहको आरोप छ।

साहले हामी पुरानो नक्सा हुदा समेत त्यसलाई नमानेर आफुहरुलाई अन्याय पारेको बताए ।
 
स्थानीय सुर्यनाथ यादवले भने मेयर लाल किशोर साह मतियार बनेको आरोप लगाए । उनले भने हामीहरु गुनासो गर्नकोलागी उपमहानगरपालिका पुग्यौ तर  मेयर साहले उलटै झाको झारेर पठाए।

त्यस्तै वडाध्यक्ष पंजियारले  सबैको प्रतिनिधि राखेर नाप नक्सा गराउन तयार रहेको दावि गरे। 

हुलाकी सडक निर्माण नहुदा त्यस भेगमा समान्य पानीमा समेत सर्वसधारणहरुलाई आवतजावत गर्नमा समेत समस्या हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ