arrow

लुम्बिनीको बिश्व शान्ति द्धिपको ज्योति सगरमाथामा

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
_91A6570.JPG.jpeg
काठमाडौँ ।  बिश्व शान्तिका अग्रदुत बुद्धजन्मस्थलमा रहेको पबित्र बिश्व शान्ति द्धिपको ज्योती सगरमाथा आधार शिबिर सम्म लगेर लुम्बिनी र सगरमाथालाई एक साथ बिश्वमञ्चमा प्रचार गर्ने लक्ष्य सहीत आईतबार कार्यक्रमको सुरु भएको छ ।
 
पबित्र स्थल लुम्बिनीमा ओलम्पियनहरु बैकुन्ठ मानन्धर,कृष्ण बस्नेत ,खडग रानाभाट,अन्तर्राष्ट्रिय खेलाडी शाहबानु खानलाई बिश्व शान्ति द्धिपको ज्योती लुम्बिनी बिकाश कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय महाथेरो ,लुम्बिनी बिकाश कोषका सदस्य सचिब अजितमान तामांग र चिनिया तथा थाई बौद्ध बिहारका प्रमुखहरुले हस्तान्तरण गरे ।
 
शान्ति द्धिपको ज्योती सहीत ओलम्पियन एबं धाबकहरु मायादेबी मन्दीर,अशोक स्तम्भ र पबित्र पुष्करनी कुण्डलाई तिन पटक परीक्रमा गरी लुम्बिनीमा रहेका बिभिन्न स्वदेशी एबं बिदेशी बिहारमा पुगेका थिए । त्यस लगत्तै ज्योती सहीतको टोली कपिलबस्तु तिलौराकोटा,पबित्र बाण गंगा नदि हुदै पुनह लुम्बिनीबाट भैरहवा हुदै बुद्धअस्तु धातु रहेको स्थल रामग्राम (परासी) हुदै सडकमार्ग बाट काठमाण्डौ तर्फ लागेका छन् ।
 
ज्योतीलाई सोमबार काठमाडौ बौद्धनाथ ,स्वयम्भु नाथमा बिशेष पुजा गरी सगरमाथा आधार शिबिरका लागी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।  ज्योती सहीत ओलम्पियनहरु सल्लेरी,फाप्लु,लुक्ला,नाम्चे बजार,स्यांगबोचे हुदै  मे २७ (जेष्ठ १४) का दिन सगरमाथा आधार शिबिरमा पुग्नेछन् । शान्ति द्धिपको ज्योतीलाई मे २८ र २९ मा (एभरेष्ट डे)का दिन सगरमाथा आधार शिबिरको परीक्रमा गराईने छ ।
 
 सोही दिन बिश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको १४ औं सस्करण सुरु हुने आयोजक सस्था हिमेक्स नेपाल तथा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष बिक्रम पाँडेले बताए।
 
हामीले यो पहीलो पटक परीक्षणका रुपमा सुरु गरेका छौ,अब प्रत्येक बर्ष आयोजना हुनेछ,बिश्वमञ्चमा हामी प्रचारीत हुनेछौ र  महाभुकम्प र नाकाबन्दीका कारण खस्किएको पर्यटन क्षेत्र पुनर्जिबित हुने पाँडेको भनाई छ  ।
 
 ‘यो कार्यक्रममा २ वटा नँया कुराहरु थपिएको छ,गौतमबुद्धको जन्म पश्चात आमा मायादेबी तिलौराकोट फिर्ता जानु भएको परम्परागत बाटो (पडरीया–बिजुवा–सिसनिया–दोहनी–अरोराकोट–निग्लीहवा–तिलौराकोट)  पहिचान गरी  प्रकाशमा ल्याएका छौ भने ,पहिलो पटकनै मुस्लिम धर्ममा आस्था राख्ने धाबकले शान्ति द्धिप लिएर परीक्रमा गरेकी छिन,पाँडेले भन्नु भयो ।अब यो कार्यक्रमले लुम्बिनीलाई सगरमाथा संग जोडीदिएको छ,जस्बाट बिश्वको पर्यटन बजार क्षेत्रमा सगरमाथा र लुम्बिनीको थप प्रचार हुन गई प्रबद्र्धनमा सहयोग पुग्ने उनको भनाई छ ।
 
शान्ति दिप कार्यक्रमले लुम्बिनी र कपिलबस्तु सहीत बुद्ध सर्किटबाटो लाई अझै मजबुत बनाउने आयोजकको बिश्वास छ । कार्यक्रममा सहभागिता जनाएका सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले पर्यटन बजारका लागी यो नँया कार्यक्रम रहेको र यस्ता रचनात्मक कार्यमा सरकारले निजी क्षेत्रलाई सहयोग गर्नु पर्ने बताए ।
 
 सिद्धार्थ उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष एबं सिद्धार्थ एशोसियसन अफ टुर्श एण्ड ट्राभल एजेन्टस (साट्टा)का सस्थापक अध्यक्ष बिष्णु प्रसाद शर्माले  पर्यटन क्षेत्रमा नँया आयाम यो कार्यक्रम बाट सुरु भएको र बिश्वमाझमा नेपाललाई चिनाउने सगरमाथा र लुम्बिनी एकापसमा जोडिएको प्रतिकृया दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ