arrow

कृषि विकास कार्यालयका आठ कर्मचारीमा कोरोनापछि दैलेखका अत्यावश्यकबाहेकका सेवा बन्द

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७७ साउन १२ सोमबार
Dailekh_District.png

दैलेख। कोरोना भाइरसको रेडजोन मानिएको दैलेखमा कोरोना संक्रमण समुदायस्तरबाट पुन बढ्न थालेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अन्त्य भएसँगै संक्रमितहरु बढ्न थालेका छन्।

सोमबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ८ जना कृषि विकास कार्यालय दैलेखका कर्मचारी हुन् । कार्यालयका २६ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका सवै स्थानीय तह र सवै कार्यालयहरुलाई अतिआवश्यक काम बाहेकका अन्य काम अर्काे सुचना नभएसम्मको लागि वन्द गर्न निर्देशन दिएको छ । यो सहित दैलेखमा कोरोना संक्रमितको सख्या ९१८ जना पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकलपर्सन थीरप्रसाद रेग्मीले बताए। तीमध्ये ७ सय ८९ जना डिस्चार्ज भइसकेका रेग्मीले बताए। 

कोरोना भाइरस संक्रमण फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक सेवाबाहेक सबै सरकारी सेवा बन्द गर्न पत्राचार गरेको छ। कार्यालयले जिल्लाका ११ वटै स्थानीय तह, सबै सरकारी कार्यालय, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थाको अत्यावश्यक सेवाबाहेक नियमित सेवा प्रवाह बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए। 

दैलेख जिल्लामा संचालन भईरहेको लाखे जात्रा र अन्य मेलाहरु समेत वन्द गर्न सुचना जारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ