arrow

जाजरकोट छेडागाडाका नगरप्रमुख महतारा बिरुद्ध तीन मुद्धा

logo
जनक सिंह,
प्रकाशित २०७७ साउन १३ मंगलबार
lal-bdr-mahatara.jpg

जाजरकोट। छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराको नाममा सोमबार गाली, बेइज्जती र कुटपिट कसुरमा तीन वटा छुट्टाछुट्टै मुद्धा दर्ता भएका छन् । छेडागाड नगरपालिका वडा नं. ११ औलाकाटियाका दिपाराम जैसी र कालिका जैसीले नगर प्रमुख महताराका बिरुद्ध जाजरकोट जिल्ला अदालतमा उक्त मुद्धा दर्ता गराएका हुन् । 

त्यस्तै जैसीद्वयले बाल माध्यामिक विद्यालय झाप्राका प्रधानाध्यापक कमल राज बस्नेत र सोही विद्यालयका शिक्षक पृथ्वी बहादुर सिंहका बिरुद्ध पनि गाली, बेइज्जती र कुटपिट मुद्धा दर्ता गरेका हुन् । नगर प्रमुख महतारा, प्रधानाध्यापक बस्नेत र शिक्षक सिंहले गत असार २९ गते शिवशक्ति बजारमा गाली वेइज्जती गरी कुटपिट गरेको भन्दै जैसीद्वयले अदालतमा उनीहरु विरुद्ध फिराद दर्ता गरेका हुन् ।

फिरादकर्ता कालिकाले मुलिकी फौजदारी संहिता २०७४ को दफा १९१ र १९८ को दावी लिई महतारा, बस्नेत र सिंह बिरुद्ध कुटपिट मुद्धा दर्ता गरेकि छन भने दिपारामले सोहि संहिताको दफा ३०५, ३०६ र ३०७ को दावी लिई उनिहरु विरुद्ध गाली र बेइज्जती मुद्धा दर्ता गरेका हुन् । 

छेडागाड ११ शिवशक्ति बजारमा रहेको गौतम् हार्डवयर पसल बन्द गर्न लागेको बेला नगर प्रमुख महतारा, प्रधानाध्यापक बस्नेत र शिक्षक सिंह उक्त पसलमा आई जथाभावि गालीगलोज तथा अभद्र व्यवहार, बेइज्जती र कुटपिट गरेको दिपारामले बताए । नगर प्रमुख महताराले बाँया कानमा हानेर रगत समेत निकालेको उनले बताए । 

त्यस्तै महतारा, सिंह र बस्नेतले चोर, रन्डा, बाहुन काठो, कुकुरसाले लगायत अपशब्द प्रयोग गरेर वेइज्जत गरेको उनले बताए । त्यस्तै महतारा, सिंह र बस्नेतले आफुलाई लछारपछार गर्दै तँ रण्डी, बेश्या, कुकुरनी र काठीनी भन्दै निर्घात कुटपिट गरेको र बायाँ हात समेत भाँचिदिएको कालिकाको भनाई छ । महतारा, बस्नेत र सिंहको कुटपिटबाट घाइते भएका जैसीद्वयको जाजरकोट अस्पतालमा उपचार नभएपछि नेपालगन्जको अमित मेमोरियल हस्पीटल प्रालि र नेपालगंज मेडिकल कलेजमा उपचार गराएका थिए । 

मुलुकी अपराध संहिता २०७४ अनुसार गाली कसुरमा एक बर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाँय, वेइज्जती कसुरमा २ बर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाँय र कुटपिट कसुरमा ३ बर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाँय हुने कानूनी व्यवस्था रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ