वनबाट काठ चोर्ने गिरोह पक्राउ, दुई प्रहरीमाथि कुटपिट
प्रकाशित २०७७ साउन १३ मंगलबार
651
Shares
तुलसीपुर । राप्ती गाउँपालिका–४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पुसहित ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ सिमलखुटीका २५ वर्षीय वीरबहादुर वली, सोही ठाउँका १८ वर्षीय शिशिर शाही, पिपरखुटीका १९ वर्षीय शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, सुन्दरपुरका २७ वर्षीय विष्णु गिरी, नयाँगाउँका १८ वर्षीय राहुल भुषाल, पिपरखुटीका २१ वर्षीय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका–८ सुकुम्वासी गाउँका २४ वर्षीय दुर्गे थापा, सोही ठाउँ कहलुवाका १९ वर्षीय हेम थापा, २५ वर्षीय प्रकाश कुमाल र २० वर्षीय सञ्जीव विक रहेका छन् ।
उनीहरुको साथबाट १५ थान सालको चिरान घप्पुसमेत बरामद गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रवीण बिडारीले जानकारी दिए ।
उनीहरुले इलाका प्रहरी कार्यालय भालुवाङबाट गएका दुई प्रहरीमाथि कुटपिटसमेत गरेका थिए ।
उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार मानबहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते भएका छन् ।
पक्राउ परेकाहरुलाई वन पैदावर ओसारपसार कसुर अपराधअन्तर्गत कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।