arrow

मदन–आश्रित स्मृति दिवसमा प्रधानमन्त्री

logo
प्रकाशित २०७३ जेठ ३ सोमबार
CPN-UML-Party-Office.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले २३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुस्थित नेकपा (एमाले)को पुरानो कार्यालयमा रहेको सालिकमा माल्यार्पण गरे।
 
विसं २०५० जेठ ३ मा चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। उनीहरुको निधनको दिनलाई एमालेले देशभर विभिन्न कार्यक्रमसहित स्मरण गर्दै आएको छ।
 
एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ दूरदृष्टिपूर्ण सिद्धान्त भएको र अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनका लागि सामयिक रहेको मुलुकको समृद्धिका लागि त्यसलाई पछ्याउँदै आफूहरु अघि बढेको बताए।
 
उनले यही जेठ ७ गतेदेखि भूकम्पपछिको पुनःनिर्माणका लागि स्वयम्सेवक परिचालन प्रारम्भ गर्ने भएकाले त्यसमा सामेल हुन आन्दोलनकारीलाई पनि आह्वान गरे।
 
कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, पार्टीका उपाध्यक्ष वामदेव गौतमलगायतले मदन–आश्रितप्रति श्रद्धाञ्जलि दिएका थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ