arrow

प्रिमियर लिग: युनाइटेड र बर्नमाउथ बिच रोकिएको खेल बुधबार हुने

logo
प्रकाशित २०७३ जेठ ३ सोमबार
epl-bomb.jpg.jpeg
काठमाडौं। प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाईटेड र बर्नमाउथ बिचको खेल जेष्ठ ५, बुधबार हुने प्रिमियर लिगले जनाएको छ। नेपाली समय अनुसार बुधबार बिहान १२:४५मा खेल शुरु हुनेछ। 
 
आइतबार हुने खेल युनाईटेडको मैउान ओल्ड ट्राफोर्डमा शंकाष्पद बस्तु फेला परेपछि खेल सारिएको थियो। शंकास्पद बस्तु फेला परेपछि मैदानमा खेल हेर्न आएका दर्शकहरुलाई बाहिर निकालिएको थियो। बम डिस्पोजल टोलीले सुरक्षित रुपमा उक्त बस्तुलाई निस्क्रिय पारेको थियो। 
 
युरोपा लिग खेल्न पाउने निश?चित भएको युनाईटेडले बर्नमाउथलाई १९-० गोल अन्तरले पराजित गरेमा च्याम्पियन्स लिग खेल्न पाउने छ। जुन नतिजा लगभग असंभव छ। 
 
चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३८ खेलमा ६६ अंक रहेको छ भने युनाईटेडको ३७ खेलमा ६३ अंक रहेको छ। बर्नमाउथलाई पराजित गरेमा युनाईटेड पनि ३ अंक प्राप्त गर्दै ६६ अंक हुनेछ। अंक बराबर हुँदा गोल भिन्नताका आधारमा स्थान निर्क्यौल गर्ने चलन अनुसार सिटीको गोल भिन्नता ३० रहेको छ भने युनाईटेडको १२ रहेको छ। 
 
अंक तालिकामा लेस्टर सिटी पहिलो स्थानमा रहेको छ भने आर्सनल दोस्रो र टोटेनह्याम स्पर्स तेस्रो स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ