काठमाडौं । संघीय गठबन्धनको सिंहदरबार घेराउको दोस्रो दिन सोमबार माइतीघर मण्डलामा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । सडकमा बसेका आन्दोलनकारीलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबारको दक्षिण गेट भएर आउने सवारीलाई छेकेर बसेका सुरक्षाकर्मीसंग भनाभनपछि झडप भएको बताइएको छ ।
प्रहरीले लाठीचार्ज गर्दा संघीय गठबन्धनका दुई प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको छ । गठबन्धनका नेताहरुले सरकारले आफुहरुमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । पहिलो दिन आइतबार शान्तिपूर्ण आन्दोलन भएकामा सोमबार झडप भएको हो । आन्दोलन अर्को निर्णय नभएसम्मका लागि जारी रहेने गठबन्धन नेताहरुले बताएका छन् ।