arrow

पाठ सिकाउँदै गच्छदार : सिहदरबार घेरेर अधिकार प्राप्त हुन्छ ?

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ जेठ ३ सोमबार
Gachhadar.jpg.jpeg

विराटनगर । उपप्रधानमन्त्री एंव मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले, वार्ता र छलफलबाटै मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलन स्थगित गरेर वार्तामा आउन मोर्चालाइ आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले सडक अबरुद्ध गरेर तथा सिहदरबार घेरेर अधिकार प्राप्त नहुने बताए ।उपप्रधानमन्त्री समेत रहेका गच्छदारले सरकारले पटक–पटक वार्ताका लागि मोर्चालाइ आह्वान गरिरहेकाले मोर्चाले पनि आन्दोलन छाडेर सहमतिमा आउनुपर्ने बताए । आन्दोलनले समस्या झन बल्झाउने भएकाले वार्ताको विकल्प नभएको गच्छदारले बताए ।

उपप्रधानमन्त्री गच्छदारले लोकतान्त्रिक पद्धतिमा शान्तिपूर्ण विरोध गर्ने अधिकार सवैलाई भएपनि वार्तालाई छाडेर मोर्चा जुन रुपमा उत्रिएका छन् । त्यस्ता गतिविधिलाई भोलिका दिनमा नेपाली जनताले मूल्याङ्कन गर्ने जिकिर गरे । उपप्रधानमन्त्री गच्छदारले संविधानको सफल कार्यान्वयन तथा पुनःनिमार्णका लागि दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए । गच्छदारले मुलुकको समस्या समाधान गर्न छोटो समयका लागि भएपनि मूख्यदल सहभागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।

उपप्रधानमन्त्री गच्छदारले सवैदलको सहमतीमा स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि रहेको बताए । नेपाली कांग्रेसको यसअघिको सरकारले संविधानसभाको दोश्रो निर्वाचनपछी ६ महिनाभित्र निर्वाचन गराउने प्रतिवद्धता जनाई सकेकाले अहिले स्थानीय निर्वाचन हुन सक्दैन भन्नु कांग्रेसको विरोध आभासमात्र भएको गच्छदारको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ