arrow

मधेसीहरुको माग अब एक प्रतिशत पनि बाँकी छैनः पर्यटनमन्त्री

‘जन्मभूमिमात्रै होईन, नेपाललाई बुद्ध दर्शनको उद्गम भूमि बनाउन अन्तर्राष्ट्रिय गोष्ठी’

logo
प्रकाशित २०७३ जेठ ३ सोमबार
Aananda-Prasad-Pokharel.jpg.jpeg
काठमाडौ  । सस्कृति, पर्यटन तथा नागरक उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेलले आन्दोलनरत मधेसी मोर्चाले उठाएको कुनै पनि माग पुरा गर्न बाँकी नरहेको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मधेसी मोर्चाको एक प्रतिसत माग पनि पुरा हुन बाँकी छैन । उहाँहरुको आग्रह मात्रै हो, आग्रहलाई सरकारले सम्बोधन गर्न सक्दैन ।’
 
साक्षात्कारमा मन्त्री पोख्रेलले उनीहरुले मागे जस्तो मधेसमा दुई प्रदेश हुने री सिमांकन हुनै नसक्ने स्पष्ट पार्दै हिमाल, पहाड र तराई छुट्याएर प्रदेश नबने ठोकुवा गरे । संघीय गठबन्धनले जारी राखेको सिंहदरवार घेराउ लगायतका आन्दोलनले नेपालको पर्यटन क्षेत्रलाई कुनै असफल नपार्ने दावी गर्दै भने,‘ नेपालको पर्यटन क्षेत्र आन्दोलनबाट अभ्यस्त भईसक्यो । 
 
यसले अब केही असर गर्दैन । तपाईले अहिले हेर्नु भयो भने पनि थाहाँ हुन्छ नेपालको कुनै पनि होटलमा कोठा खाली छैनन । पर्यटन सजिलोको लागि मात्रै हुँदै खतराकोलागि पनि हुन्छ ।’ मन्त्री पोख्रेलले सरकारले जेठ ६ बाट ८ गतेसम्म गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिष्ट गोष्ठी  बुद्ध नेपालमा जन्मिएका हुन भन्ने मात्रै नभई बुद्ध दर्शनको उद्गम स्थान नै नेपाल भएको पुष्टि गर्न भएको भन्दै गोष्ठीमा यसै विषयमा छलफल भएर घोषणा पत्र समेत जारी हुने जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ