arrow

महिलालाई जवरजस्ती करणी गरी फरार अभियुक्त नौ वर्षपछि पक्राउ

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
arrest-final.jpeg

गोदावरी । प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका–९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
 
कैलाली जिल्ला अदालतको विसं २०७१ वैशाख १७ गतेको आदेशले चौधरीलाई छ वर्ष कैदको सजाय तोकेको थियो । उनलाई साउन १२ गते पक्राउ गरी १४ गते पुपक्र्षका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

भजनी नगरपालिकामा बाढीमा बगेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि बेपत्ता भएका भजनी नगरपालिका–८ जनकपुर गाउँका नौ वर्षीय इजीकेल चौधरीको शव मृतावस्थामा फेला परेको हो ।
 
बाढीमा बगेर भजनी नगरपालिका–८ बस्ने ३३ वर्षीय चक्रबहादुर विक, काँडाढिकगाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । 

उपरीक्षक अनुपशम्सेर जबराले बाढीमा बगेर बेपत्ताको खोजी भइरहेको बताए । बुधबार बेपत्ता भएका टङ्क शाही, हेमन्त शाही,  विकी शाह, बलबहादुर चौधरीको सकुशल उद्धार गर्न सफल भएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ