कोरोना संक्रमण बढदै गएपछि बाँकेमा आइतबारदेखि निषेधाज्ञा
प्रकाशित २०७७ साउन १६ शुक्रबार
791
Shares
नेपालगञ्ज। बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ। समुदायस्तरमै कोरोना देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमणको विस्तारलाई रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। राजश्व कार्यालयका ११ जना कर्मचारीसहित नेपालगञ्जमा आज २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिवार राजश्वका एक जना अधिकृतमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा त्यसै कार्यालयका ११ जना र त्रिभुवन चोकको एक मिठाई पसल सञ्चालकको कन्ट्याक्टका १६ जनामा कोरोना देखिएको छ।