arrow

निजामतिको तलब बृद्धि गर्न माग गर्दै काँग्रेस निकट कर्मचारी युनियनको ज्ञापन पत्र (ज्ञापन पत्र सहित)

logo
प्रकाशित २०७३ जेठ ३ सोमबार
13227975_1139032979521340_485338185_n.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेस निकट कर्मचारीहरूको संगठन नेपाल निजामति कर्मचारी युनियन संघले अबको बजेटमा निजामति कर्मचारीहरूको पारिश्रमिक बृद्धि गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  सोमबार युनियनका अध्यक्ष सुबोध कुमार देवकोटाको नेतृत्वमा गएको युनियनको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उनकै कार्यपक्षमा भेटी राष्ट्रबैंकद्वारा गरिएको पारिवारिक बजेट सर्भेक्षण, बढ्दो मुल्य बृद्धि र मुद्रास्फीतिलाई समेत ध्यानमा राख्दै निजामति कर्मचारीहरूको तलव कम्तिमा पनि ५० प्रतिशत बढाउन माग गरिएको युनियनका महासचिव जीतबहादुर मडैले जानकारी दिए । 
 
अर्थमन्त्रीसँगको भेटका क्रममा युनियनले निजामति कर्मचारीलाई दिईँदै आएको पोषक भत्ता कम भएको भन्दै त्यसमा शतप्रतिशत बृद्धि गरी १५ हजार पु¥याउन पनि माग गरिएकाचे महासचिव मडैले जानकारी दिए । त्यस्तै निजामति कर्मचारीको वार्षिक ग्रेड रकम एकदिनको तलब बराबर बनाउन, निजामति कर्मचारीको घरविदा एकसय १० दिनसम्म मात्रै सिञ्चित हुने विद्यमान व्यवस्थालाई परिवर्तन गरी एकसय ८० दिन भन्दा बढीसम्म सम्म सिञ्चित हुने व्यवस्था मिलाउन र बिदा नबसेको हकमा सोही वर्ष तप रकम दिन पनि युनियनले माग गरेको छ । 
 
२५ वटा बुँदा समेटिएको उक्त ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका मुख्यसचिव, सामान्य प्रशासन सचिव र श्रम तथा रोजगार सचिवलाई समेत बोधार्थ दिईएको छ । युनियनले सोमबार अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्र यस्तो छ । 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ