arrow

प्रदर्शनका क्रममा तीन घाइते, ३५ थान लाठी बरामद

logo
प्रकाशित २०७३ जेठ ३ सोमबार
13250496_1204144729596986_2018224093_n.jpg.jpeg
काठमाडौँ । सङ्घीय गठबन्धन नेपालले गरेको सिंहदरबार घेराउका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीतर्फ दुई जना सामान्य घाइते भएका छन् । 
 
प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने नुवाकोट तारुका–८ का अनिल ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गठबन्धनले ल्याएका ३५ थान लाठी थापाथली चोकबाट प्रहरीले बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 
 
प्रदर्शनका क्रममा घुसपैठ भएको भनी अर्घाखाँची पाली–८ का २३ वर्षीय रामप्रसाद पौडेललाई प्रदर्शनकारीले हातपात गर्दा आँखामा सामान्य चोट लागेकाले उपचारका लागि आँखा अस्पताल त्रिपुरेश्वर लगिएको छ । सोही ठाउँ बस्ने त्रिचन्द्र कलेजमा बिएस्सी प्रथम वर्षमा अध्ययनरत प्रकाश अधिकारीलाई प्रदर्शनकारीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ