arrow

पहिरोले हैरान, पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

logo
प्रकाशित २०७७ साउन १७ शनिबार
prithvi-highway-pahiro.jpg

दमौली । पहिरा खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि शनिबार बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ