arrow

सेतीमा नुहाउने क्रममा दुई स्वास्थ्यकर्मी बेपत्ता

logo
प्रकाश बम, 
प्रकाशित २०७७ साउन १८ आइतबार
pachim-seti.jpg.jpeg

डोटी । सेती नदीमा नुहाउने क्रममा बगेर दुई जना स्वास्थ्यकर्मी वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार डोटीको शिखर नगरपालिका १० स्थित सेती नदीमा नुहाउने क्रममा शनिबार डडेल्धुरा परशुराम १ घर भएका २४ वर्षिय ल्याब असिस्टेन्ट पदमा कार्यरत हरी जोशी र बझाङ खप्तड छान्ना गाउँ पालिका ५ स्थायी घर भएका स्वास्थ्य सहायक बिनय सिंह वेत्तपा भएका हुन् ।

दुबै जना स्वास्थ्यकर्मी  डडेल्धुरा अस्पतालमा कार्यरत थिए  । प्रहरी निरिक्षक बोहराका अनुसार ‘डडेल्धुराबाट उनीहरु शैलेश्वरीको दर्शनका लागि डोटी पुगेका थिए ।’

 ‘दर्शन गरेर फर्किने क्रममा सेती नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा वेपत्ता भएका हुन्। ’उनले भने ।  

बेपत्ता स्वास्थकर्मीको नेपाल प्रहरी , शसस्त्र प्रहरी तथा स्थानीयहरुको सहयोगमा खोजी भईरहेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ