arrow

बलिउडमा सलमानको चलचित्र र शाहरुखले जिते 'घंटा अवार्ड'

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
Shahrukh-Khan-And-Salman-Kh.jpg.jpeg
एजेन्सी। सलमान खानको चलचित्र 'प्रेम रतन धन पायो'ले निकृ्ष्ट चलचित्र भन्दै पहिलो भएको छ। सलमानको चलचित्र प्रेम रतन धन पायोबाट निकृ्ष्ट महिला कलाकार (नायिका)को अवार्ड शोनम कपुरले पाएकी छिन्।
 
बलिउडका किंग खान शाहरुख खानले निकृष्ट नायकको अवार्ड पाएका छन्। उनले अभिनय गरेको चलचित्र 'दिलवाले'कालागि उक्त अवार्ड पाएका हुन्। 
 
भारतको ईनभिजन ईन्टरटेनमेन्ट प्रालीले आयोजना गरेको उक्त अवार्ड सफल भएको कम्पनिका प्रबन्ध निर्देशक गगन टक्यारले बताएका छन्। 
 
उक्त अवार्ड कार्यक्रममा बलिउडका स्टारहरु नशिरउददिन शाह, अरसद वार्सी, अर्चना पुरन सिंह लगायतको सहभागिता रहेको थियो। 
 
भारतीय चलचित्र उद्योगमा उतकृष्ट चलचित्रहरुकालागि अवार्ड दिने चलन निकै पुरानो रहेको छ। बिगत छ बर्षदेखि नराम्रो चलचित्र र यस बिधासँग सम्बन्धित बिधाहरुकालागि 'घंटा अवार्ड' बितरण गर्न थालिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ