arrow

मेलम्चीमा विपद, पहिरोमा परी आठ बेपत्ता, खोजी जारी, एकको उद्दार 

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
melamchi-pahiro.jpg

सिन्धुपाल्चोक । सोमबार बिहानको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् । 

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका हुन् । 

एकजनाको उद्दार गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । 

पहिरो बिहान २ बजे गएको  थियो  ।  

निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ