arrow

काँग्रेस सरकार गिराउने खेलमा लाग्दैन : शशाङ्क कोइराला

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
Sasank.gif.jpeg

नेपालगन्ज । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजधानी केन्द्रित आन्दोलनलाई सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन् ।

बाँकेको नेपालगञ्जमा भएको पत्रकार भेटघाटमा कोइरालाले भने, ‘राष्ट्र र जनताको पक्षमा मोर्चाको कुनै जायज माग छ भने त्यो पूरा हुनुपर्छ तर राजनीतिक अस्थिरताले प्रश्रय पाउने माग भने कुनै अवस्थामा पनि सम्बोधन गरिनु हुँदैन ।’ कांग्रेस सरकार गिराउने खेलमा नलाग्ने स्पष्ट पार्दै डा.कोइरालाले लोकतन्त्रको विधि र प्रक्रियाबाट सरकार गठन र पुनःगठन हुने सुनाए ।

संचारकर्मीको प्रश्नको जवाफ दिँदै कोइरालाले स्थानीय निकायको निर्वाचन राजनीतिक दलहरुसँगको सहमतिमा गर्नुपर्ने बताउँदै लोकतन्त्रमा जति धेरै निर्वाचन भयो त्यति नै लोकतन्त्र संस्थागत हुने बताए ।

यद्यपि, कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारको विकल्प खोज्नु पर्ने र मधेसी तथा जनजातीको समस्यास समाधानका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु पर्ने धारणा राख्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ