arrow

एमाओवादी पूर्व सभासद्लाई कुट्ने ३ पक्राउ, सभासद् महतो खतरा मुक्त

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
Mahottari-hamrakura.jpg.jpeg

गौशाला । महोत्तमा एनेकपा माओवादी पूर्व सभासद् बुधनीदेवी महतोलाई कुटपिट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । महतोलाई सोमबार राति १० बजेतिर  नचिनेगरी आएको एक समूहले अन्दाधुन्द कुटपिट गरी घाइते बनाएको थियो । लक्ष्मिनियाँ गााविस–८ की पूर्व सभासद् महतो आफ्नै घरमा बसिरहेको बेला ८–१० जनाको अज्ञात समूहले कुटेको माओवादी नेता महादेव यादवले बताए ।  

घरेलु हातहतियार र लाठी भाटा लिएर आएका अज्ञात व्यक्तिको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएकी र अवस्था चिन्ताजनक रहेको बताइएको छ । यद्यपि, जिल्ला प्रहरी कार्यालय महोत्तरीले महतोको स्वास्थ्यवस्था सामान्य रहेको र जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको बताएको छ ।

प्रहरीका अनुसार कुुटपिटको विषय लामो रहेको र जग्गाकै विवादले घटना भएको हुन सक्ने आँकलन गरिएको छ । पक्राउ पर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय सम्म ल्याइनसकेकाले समूहको पहिचान तथा कति व्यक्ति संलग्न थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ