- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो ।
जिल्लामा केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य संघसंस्थाले बैठक तथा भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न भनेको छ ।
निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । चितवनका सातवटै स्थानीय तह, जिल्ला सहकारी संघ, शिक्षा विकास तथा समन्वय एकाइ र विभिन्न संघसंस्थालाई प्रशासनले सूचना पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध गरेको छ ।