माओवादी एकता होइन ‘घरफिर्ती’, उडिहिड्ने ‘बादल’को दोस्रो विलय
प्रकाशित २०७३ जेठ ४ मंगलबार
4.4k
Shares
काठमाडौं । रामबहादुर थापा ‘बादल’ कुनै बेला माओवादी सैन्य कौशलमा प्रख्यात नाम । पछि, थापा माओवादी सचिवालय सदस्य, पोलिटव्यूरो सदस्य समेत भए । गुल्मी बडागाउँमा जन्मिएका थापा २०३७ देखि राजनीतिमा होमिए । २०३८ देखि २०३९ सम्म १ वर्ष जेल समेत परे । विद्रोहको समयमा उनी माओवादीले मूख्य आधार क्षेत्र भन्ने गरेको रोल्पामा धेरै बसे ।
२०६४ मा भएको भएको संविधानसभा निर्वाचनमा थापा चितवन २ बाट सभासद् समेत भए । उनले पूख्र्यौली बसाई भरतपुर–१० नारायणटार सारे जस्तै आफ्नो राजनीतिक जीवन पनि सारे । एमाओवादी अध्यक्ष दाहालसंग व्यक्तिगत टकराबका कारण उनी पार्टी छोडेर निस्किए । तर, एमाओवादीबाट उनी निस्कनु नौलो थिएन । उनी अघि, मातृका यादव, मोहन बैद्यहरु बाहिरिई सकेका थिए । अहिले उनी समूह नै बोकेर फेरि पुरानो घर फर्किएका छन् ।
कतिपयले हिजो उनले ‘लाल गद्दार’ भनेका पुष्पकमल दाहाल प्रचण्डकै लालझण्डामुनि बस्ने रहर फिरेको मात्रै पनि भन्ने गरेका छन् । हुन त थापाको यो पहिलो विलय होइन । उनी पक्कै पनि विर्सेका छैनन् । ‘चुनवाङ’ केन्द्रीय समिति बैठकमा ‘म प्रचण्डतिर विलए भए भनेको । बरु सीपी गुरुरेललगायत केहीले यो १२ बुँदे समझ्दारी र बिस्तृत शान्ति सम्झौता अर्थात् संसदवादी धारमा जानु धोका धडीको भनेका थिए ।
अर्कोतिर दाहालसंग आफुलाई चित्त बुझ्दो स्थान नदिएको भन्दै टक्रिएका थापाले हिजो दाहाललाई लाल गद्दार भने । त्यतिमात्र नभई भौतिक कारबाही गर्नुपर्छ, पागल घोषणा गर्नु पर्छ आदी इत्यादी पनि । उनले हिजो पनि धरातल चिनेनन् । आज पनि उनी विना धरातल प्रलोभनकै भरमा दाहाल–बाबुरामले बनाएकाे गरेको संसदवादी घरमै फर्किए । जुन घरलाई हिजो उनले थुकेर हिँडेकै हुन् ।
थापाले फेरि अहिले अर्को घरमा थुकेर हिँडे । मोहनबैद्य संग हुँदा उनी संगठन विभाग प्रमुख, महासचिव भएर बसे । यद्यपि, पुरानै घरमा उनले के पाउने भन्ने अझै टुंगो लागेको छैन । भित्रिरुपमा उनलाई मन्त्रिपरिषद्मा लैजाने भन्ने सहमति भएको भन्ने सुनिएको छ ।चुनवाङमा प्रचण्डतिर विलय भएका थापा धोवीघाट एलाइन्स आइपुग्दा दाहाललाई भेट्यो कि विष्फोट हुँला झै गर्थे । थापाको मात्र कुरा रहेन अहिले एकताको नाउमा घर फर्किने देव गुरुङ, पम्फा भूषालहरु हिजो पावरवाला मन्त्री नपाएकै झोंकमा पार्टी छोडेर हिँडे ।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा देव गुरुङ र वर्षमान पुन अनन्तको फाइट भयो । अन्ततः दुबै गृहमन्त्री हुन सकेनन् । कृष्णबहादुर महरा उपप्रधान तथा गृहमन्त्री भए । त्यहीँबाट देव गुरुङलाई पनि सनक उठ्यो । उनी पनि दाहालबाट टाढिए । यस्तै, पम्फा भूषाल बाबुराम प्रधानमन्त्री हुँदा पावरवाला मन्त्रालय नपाएको भन्दै रुष्ट भइन् । जयपुरी घर्ती मेरो स्वास्थ्यले साथ दिँदैन म बाहिर समर्थकको रुपमा रहन्छु भन्थिन् । उनी समेत घर फर्किइन् ।
रोचक त, सातौं महाधिवेशनको बीचबाटै उठेर बाहिरिएका कुमार दाहाल, रेखा शर्माहरु अन्ततः दाहालकै दुनोतिर लम्किए । शर्मा त अहिले पनि सामान्य प्रशासन मन्त्री छन् । उनीहरु पार्टी बिग्रियो भन्दै महाधिवेशनबाट बाहिरिका थिए ।
दाहाल किन घर फर्काइरहेका छन् ?
अवसरका लागि भौतारिने र संसदवादी विचार भएकाहरुलाई फर्काउनु कठिन विषय होइन । यसमा कुनै नौलो विचार र कार्यदिशा समेत छैन । नाम मात्रै एकता हो । अर्को शब्दमा पुरानो घरमा फर्किएकाहरुको गोलबन्द हो । संसदीय व्यवस्थामा दाहाल पावर संचित गर्न यो कर्मकाण्ड गर्दै छन् । स्थानीय निकायको निर्वाचन, भोली हुने प्रतिनिधि सभाको निर्वाचनलाई हेरी उनले संसदवादी विचार भएकाहरुलाई पुनः बटुल्ने काम गरिरहेका छन् । कसैलाई मन्त्री परिषद्मा लैजाने र कसैलाई अरु केही बनाउने भन्ने उनका बाचाहरु छन् ।
एकताको तिथी
पाँच माओवादी पार्टी र पक्षहरुले पार्टी एकताका लागि जेठ १ गते शनिबार १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमै भएको पार्टी एकता सम्बन्धि बैठकमा एकीकृत नेकपा (माओवादी), नेकपा क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट केन्द्र र नेत्रविक्रम चन्दका एकता गरौं भन्ने केही सहभागि भए । बैठकले जेठ ६ गते बिहान एकताको महाधिवेशन बस्ने र दिउँसो पार्टी घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।
बालाजु, खरिपाटी र जनविद्रोहको कार्यदिशा पास गरेको तर पार्टी विभाजन आरम्भ भएको महत्वपूर्ण पालुङटार बैठकमा सहभागि माओवादी नेता ओमप्रकाश पुनसंगको कुराकानीमा आधारीत ।