arrow

सलमानकी भाउजुले भनिन् : मलाई किन खान भन्ने 'मेरो नाम मलाइका हो'

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
salman-malaika.jpg.jpeg
एजेन्सी । अभिनेत्री मलाइका अरोडा खान हालै निर्देशक अरबाज खानसँग ब्रेकअपको कारण चर्चामा छिन् । मलाइकालाई अब अफ्नो नामसँग ख़ान जोड्न रुची लाग्दैन । भारतिय सञ्चार माध्यमका अनुसार मलाइकाले हालै रियलिटी शो 'इन्डियाज गट ट्यालेन्ट ' का निर्माताहरुसँग आफुलाई  'मलाइका अरोड़ा' नामबाट नै सम्बोधन गर्ने भनेकी छन् ।
 
मलाइका यस विषयलाई लिएर आजित छिन् । उनले प्रोडक्शन र अन-एयर टीमलाई आफुलाई 'मलाइका अरोड़ा' भन्न आग्रह गरेकि हुन् ।
 
यस वर्षको सुरू देखि नै मलाइका र अरबाजको  ब्रेकअप भएको समाचार सार्वजनीक भएको थियो । मलाइका र अरबाजका १४ बर्षीय छोरा अरहान छन् । उनी सलमान खानकी भाउजु हुन् । मलाइकाले केही महिना पहिले बान्द्रा देखि खारमा एउटा अपार्टमेन्टमा छोरा अरहानसँग छुट्टै बस्न सुरु गरेकी थिइन् ।
 
यी दुईको सम्बन्ध टुट्न नदिन अरबाजका भाई सलमान खानले पनि थुप्रै कोशिश गरे । तर उनि सफल भएनन् । मलाइका र अरबाजले मार्चमा संयुक्त रुपमा अलग भएको घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ