arrow

भारत र युरोपीयन युनियनको डिजाइनमा संघीय गठबन्धनको आन्दोलन

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
Dinanath-Sharma.jpg.jpeg

काठमाडौं । सत्ताधारी एकिकृत माओवादी प्रवक्ता दिनानाथ शर्माले संघीय गठबन्धनको काठमाडौ केन्द्रित आन्दोलन प्रायोजित रहेको टिप्पणी गरेका छन् । शर्माले ट्वीट गर्दै भनेका छन्, ‘काठमाडौं केन्द्रित आन्दोलन भारत र युरोपीयन युनियन को डिजाइनमा संचालित छ भन्छन । समयमै सचेत हुनु राम्रो ।’ भनेका छन् ।

शर्माको ट्वीट हेर्ने वित्तिकै टेलिफोन गर्दा शर्माले हाँस्दै भने, ‘मैले यस्तो छ भन्छन् भनेको छु, बाहिर यस्तो चर्चा छ, पार्टीको तर्फबाट चैं भनेको होइन । यद्यपि, शर्माले संघीय गठबन्धनका तर्फबाट जारी भएको बक्तव्यमा भारत र युरोपीयन युनियनले समेत सहयोग गरेको भन्ने व्यहोरा छ–भने । उनले भने, ‘एक पटक त्यो वक्तव्य हेरिहाल्नुस् त ? ।’

उता, संघीय गठबन्धनका नेता एवं सद्भावना महामन्त्री मनीष सुमनले त्यस्तो खालको कुनै बक्तव्य न निस्केको बताए । उनले भने, ‘त्यस्तो कुनै वक्तव्य निस्केको छैन, वुधबार शान्ति बाटिकामा सभा छ ।’ विहान  बैठक छ । अब कस्तो आन्दोलन गर्ने भन्ने वुधबार सभामै थाहा हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ