arrow

द्वन्द्वकालीन घटनाका २१ उजुरी

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
satya-niruparn-aayog.jpg.jpeg
लुम्बिनी (रुपन्देही)  । सत्य निरुपण तथा मेलमिलाप आयोगले १० वर्षे द्वन्द्वका क्रममा घटाइएका घटनाको सत्य तथ्य छानविनका लागि उजुरी गर्न माग गरेपछि रुपन्देहीमा २१ वटा उजुरी दर्ता भएको छ । 
 
सरकारले गत वैशाख २ गतेदेखि जेठ मसान्तसम्म बेपत्ता छानविन र वैशाख ५ गतेदेखि असार २ गतेसम्म सत्य निरुपणसम्बन्धी उजुरी गर्न समय तोकेपछि उजुरी गर्ने क्रम बढेको हो । 
 
जसमध्ये २० वटा सत्य निरुपणसम्बन्धी र एउटा बेपत्तासम्बन्धी रहेको स्थानीय शान्ति समिति रुपन्देहीका कार्यालय सचिव सन्तोष पौडेलले जानकारी दिए । 
 
२०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेको अवधिमा राज्यपक्ष र तात्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका, घाइते बनाइएका र मृतकका परिवारलाई न्याय दिने उद्देश्यले सरकारले सत्य निरुपण तथा वेपत्ता छानविन आयोगको गठन गरेको हो । 
 
द्वन्द्वकालको १० वर्षको अवधिमा रुपन्देहीमा १५१ जनाको मृत्यु भएको तथ्याङ्क छ । जसमध्ये ४७ जना राज्यतर्फबाट घटाइएको घटनामा मारिएका थिए । त्यस्तै ५४ जना विद्रोही पक्षबाट मारिएका थिए भने ५० जना दोहोरो भिडन्तका कारण मारिएको तथ्याङ्क छ ।
 
यस्तै सोही अवधिमा आठजना बेपत्ता र १८ जना घाइते तथा पूर्णरुपमा अङ्गभङ्ग भएको शान्ति समितिको तथ्याङ्कमा उल्लेख छ । 
 
आयोगले देशभरका स्थानीय शान्ति समितिमार्फत उजुरी दिन आह्वान गरेपनि द्वन्द्व पीडितका लागि यथेस्ट सूचनाको अभावका कारण उजुरी कम परेको सरोकारवालाले बताएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ