arrow

चितवनको चण्डिभञ्ज्याङ्गमा पहिरो गयो, नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
Chitwan-hamrakura.jpg.jpeg

चितवन । चितवनको चण्डिभञ्ज्याङ्गस्थित स्थित पाँच किलोमा पहिरो जाँदा राजधानी भित्रिने बाहिरिने मुख्य नाका नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौं गाडी र यात्रु अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार पहिरो साँझ सवा ६ बजे गएको हो । अझै पानी परिरहेकाले पहिरो पञ्छाउने काम भइरहेकाले बाटो २ घण्टापछि खुल्न सक्ने बताइएको छ । मुग्लिङबाट ९ किलोमिटर पर पहिरो गएको र पहिरो पञ्छाउन दुईवटा स्काभेटर लगाईएको प्रहरीले जनाएको छ । पहिरोको दुर्घटनाको डरले बाटो बन्द गरिएको प्रहरीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ