arrow

नेविसंघमा महाधिवेशन चर्चा सँगै नयाँ नयाँ वहश

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
nebisangha-300x155.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन चर्चा सँगै नयाँ नयाँ बहश र चर्चा शुरु भएको छ। ९ बर्षपछि हुने चर्चा रहेको महाधिवेशनमा यो वहश चर्चालाई धेरैले स्वाभाविक पनि भनेका छन। 
 
यही समयमा नेपाल विद्यार्थी संघका क्यामसपस्तरका नेताहरुको भेलाले नयाँ नारा अगाडी ल्याएको छ। 'नेपाल विद्यार्थी संघको राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने?' उनीहरुले नेपाल विद्यार्थी संघको राजनीति गर्न उमेरको हद लाग्ने कि नलाग्ने विद्यार्थी संघमा लगातार कति समयसम्म राजनीति गर्न पाइने? प्रश्नहरुपनि उठाएका छन्। उपत्यकाका ग्रामिण आदर्श, पद्मकन्या, थापाथली, पशुपति लगायतका करिव तिन दर्जन क्याम्पसका इकाइ अध्यक्षको भेलाले विद्यार्थी संघ र नेपाली कांग्रेसका नेताहरुसँग व्यापक छलफल गरेर एउटा निचोड निकाल्ले निर्णय गरेका छन्। 
 
'आज प्रारम्भिक भेला मात्र हो यो कसैलाई आरोपित गर्ने वा कसैलाई सहयोग गर्ने भन्दा पनि विद्यार्थी राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने भन्ने विषयको छलफल पनि हो' ग्रामिण आदर्श क्याम्पसका इकाइ अध्यक्ष सुशील भट्टले भने, 'यो भेलाले साथिहरुमा केही उत्साह ल्याएको छ अर्को भेलाबाट के के गर्ने र कहाँ कहाँ विद्यार्थीका मुद्धा स्थापित गर्ने भन्ने ठोस निर्णय गर्ने बताए।' 
 
नेविसंघ पोखरा विश्वविद्यालय समन्वय समितिका संयोजक नवराज त्रिपाठीले सँगै राजनीति गरेका प्रतिस्पर्धी संगठनका साथीहरु त्यो संगठनबाट नै रिटाएर्ड भइसक्दा समेत नेविसंघमा नयाँ चुनाव नहुनुले यस्ता विषयको बहस जरुरी भएको बताए। 
 
'स्वभाविक समयमा चुनाव गर्ने र प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व हस्तान्तरण गर्ने हो भने यस्ता प्रश्नहरु सायद असान्दर्भिक पनि हुन सक्थे होलान' त्रिपाठीले भने, 'नेतृत्व विकाशमा भएको नाकाबन्दीले यी प्रश्नलाई सान्दर्भिक र अत्यावस्यक बनाएको छ।' 
 
भेलामा आएका विभिन्न क्याम्पसका विद्यार्थीहरुले नामले नै विद्यार्थी संगठन भएकाले यसमा गैर विद्यार्थीलाई ठाउँ नहुने बताए। 
 
भेलामा उपत्यकाका पिके क्याम्पस इकाई अध्यक्ष साधना घिमिरे, ग्रामिण आदर्श अध्यक्ष सुशील भट्ट, यन आर अध्यक्ष परोपकार अधिकारि, ल क्याम्पस अध्यक्ष रन्जिता कार्की, थापाथली क्याम्पस अध्यक्ष नारायण घिमिरे, वाल्मीकि अध्यक्ष रबिन्द्र बराकोटी, मनोहर अध्यक्ष निरन्जन थापालगायतका इकाई अध्यक्ष एबं विभिन्न क्याम्पसका इकाई प्रतिनिधिहरु र पोखरा बिश्वबिध्यालय अध्यक्ष नबराज त्रिपाठि प्राबिधिक विद्यार्थी अध्यक्ष पुस्प पस्नेत लगायत उपत्यकामा उपलब्ध १५०जना अगुवा नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ