arrow

चट्याङ लागेर चितवनमा दुईको मृत्यु, दुई घाइते

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
chatyang(1).jpg.jpeg

काठमाडौं । चितवनमा दिउँसो परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चितवन जिल्ला राप्ती नगरपालिका स्थायी घर भएका २१ वर्षीय कमल पुन तथा हेटौंडा फापरबारी घरभई राप्ती नगरपालिका गैरढाप बस्ने वर्ष ३० मान बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 
चट्याङ् लागेर घाइते हुने सोही ठाउँका १९ वर्षीय प्रकाश परियार तथा २० वर्षीय सुरेश परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक महेश आचार्यले जानकारी दिए । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । घाइते मध्ये प्रकाश परियारको अवस्था गम्भीर रहेको आचार्यले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ