arrow

पूर्वसभासद् महतोलाई मारपिट गर्ने तीन पक्राउ

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
mahottari 1.jpg.jpeg
महोत्तरी। एनेकपा (माओवादी)की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 
 
इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई मङ्गलबार दिउँसो घरबाट पक्राउ गरेको हो । 
 
फरार रहेका उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो । 
 
उनीहरुले सोमबार राति महतोको घरमा प्रवेश गरी घरेलु हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी पूर्वसभासद् महतोको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गाँउका दुई समूहबीच लामो समयदेखि चल्दै आएको एक विवाद समाधान गर्ने क्रममा महतोको भूमिकाप्रति असन्तुष्ट रहेको उक्त समूहले मारपिट गरेको स्थानीयवासीले बताएका छन् । 
 
समयमै इलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिबजारबाट गएको गस्ती घटनास्थलमा पुगेकाले उनीहरु फरार भएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा महतो एमाओवादी महोत्तरी क्षेत्र नं ६ का तर्फबाट समानुपातिकतर्फबाट सभासद्मा चुनिनुभएको थियो । हाल महतो वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादीको केन्द्रीय सदस्य हुनुहुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ