arrow

दुई समूहबीच धारिलो हतियार हानाहान, पाँच घाइतेमध्ये तीन गम्भीर

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
knife.jpg

टीकापुर । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । 

टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घाइतेमध्ये दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था गम्भीर रहेकाले टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बताए । 
 
बाँकी दुई जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेका थिए । 

घटनास्थलबाट प्रहरीले टीकापुर प्रसेनीका रवन साउद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ