arrow

भक्तपुरमा जिपको ठक्करबाट मोटरसाइकल चालक सुमनको मृत्यु

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
accident-final.jpeg

भक्तपुर । भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

शनिबार राति बा१९च ३३८४ नंको जिप र बा६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
  
फरार जिप चालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौँ शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान शुरु गरेको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ