लालबन्दीमा कोरोनाको पीसीआर टेष्ट गर्न कांग्रेसको माग
प्रकाशित २०७७ साउन २५ आइतबार
430
Shares
सर्लाही । लालबन्दी नगरपालिकामा समुदायबाट समुदायमै कोरोना सङ्क्रमण देखिन थालेपछि नेपाली काङ्ग्रेस लालबन्दीले एक प्रेस विज्ञप्ति निकाल्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरूमा नै कोभिड १९ को सङ्क्रमण देखिएपछि नगरमा आतङ्क र भयावह फैलिएको कुरासमेत उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
लकडाउन र सङ्क्रमित रहेका स्थान सिल गर्नु आफैमा राम्रो कार्य भए तापनि नगरका प्रत्येक नागरिकको पिसिआर टेस्ट गर्नुपर्ने माग काङ्ग्रेस नगर सभापति प्रशान्त आचार्यद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा गरिएको छ।
जन स्वास्थ्यप्रति नगरले ठोस कदम चाल्न नसकेको र कोरोना परीक्षणको दायरा बढाउन नसक्नु नगर सरकारको कमजोरी हो।
नगरभित्रका समुदायका प्रत्येक नागरिकको तत्काल पिसिआर टेस्ट गर्न माग गरिएको कुरा काङ्ग्रेस नगर सभापति प्रशान्त आचार्यले बताए।