arrow

बनेपा–काठमाडौँ सिधा बस सञ्चालन सुरु

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
arniko-highway-bus.jpg.jpeg
बनेपा। बनेपाबाट काठमाडौँका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ।
 
काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो।
 
हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समितिले १० वटा बस सञ्चालन गर्ने यातायात व्यवसायी सुरकृष्ण वैद्यले जानकारी दिए। विगत लामो समयदेखि काभ्रेपलाञ्चोकको धुलिखेल र पनौतीबाट काठमाडौँको लागि बस छुट्दै आएको थियो।
 
धुलिखेल र पनौतीबाट काठमाडौँका लागि बनेपा बस आउँदा खचाखच भरिएको हुने भएकाले बनेपाका बासिन्दा उभिएर यात्रा गर्नुपर्ने अवस्था थियो, त्यसको अन्त्य भएको छ यातायात व्यवसायी वैद्यले भने। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ