arrow

युवा संघको क्षेत्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ जेठ ५ बुधबार
yubasang-new.jpg.jpeg
तेह्रथुम। युवा संघ नेपालका केन्द्रिय सदस्य तथा कोशी सह–इन्चार्ज अर्जुन ढुंगानाले अब आफ्नो ठाउँमा युवाहरु आफौँ जुट्ने बेला आएको बताए। स्वदेशमा बेरोजगारीको बाबजुद युवाहरुले विदेशिनुको सट्टा आफ्नै ठाउँको विकास र समृद्धिमा समय खर्चिनु उपयुक्त हुने ढुंगानाको जोड थियो। 
 
मंगलबार सक्रान्तिबजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित युवा संघ नेपालको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै युवा नेता ढुंगानाले पार्टीको आगामी जिल्ला अधिवेशनबाट सक्षम र युवा नेतृत्वलाई जिम्मेवारी दिन युवाहरुको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए। उनले आठराईको सक्रान्तिबजारमा हालै सूरु भएको इलाका प्रशासन कार्यालयले केही राहत भएपनि यतिमात्र पर्याप्त नभएको भन्दै अब लगत्तै इलाका स्तरीय नापी र मालपोतको समेत कार्यालय स्थापना हुनुपर्ने बताए। 
 
उनले त्यस क्षेत्रको विकासमा युवाहरुको सहभागिता वृद्धि गराउन युवा संघलाई अगुवाई गर्न निर्देशन समेत दिए। आठराई क्षेत्रका सक्रान्तिबजार, ह्वाकु, ईवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ्गलगायत गाविसका युवा सहभागी कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष कुमार कन्दङवा, एमाले जिल्ला कमिटी सदस्य रुपा कन्दङवा, अनिरुद्र तिम्सीना लगायत एमाले नेताहरुले प्रशिक्षण गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ