arrow

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
Sindhuli-hamrakura.jpg.jpeg
सिन्धुली। सिन्धुलीमा आज दुई छुट्टाछुटै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
 
सिन्धुलीको भद्रकाली–४ मा हाते ट्याक्टर र कमलामाई नगरपालिका–१० मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
सिन्धुलीको भद्रकाली गाविस–४ कुसुमटारमा हाते ट्याक्टरबाट खेत जोत्ने क्रममा हाते ट्याक्टर चालक कमलामाई नगरपालिका–४ ऐँसेलुजङ्गार निवासी– २३ वर्षका कृष्णकुमार सार्कीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द झाले जानकारी दिए।
 
कुसुमटारमा जिल्ला कृषि विकास कार्यालयले अनुदानमा दिएको हाते ट्याक्टरले पदमबहादुर कामीको खेत जोत्ने क्रममा ट्याक्टर एक्कासि माथी उठेको र ट्याक्टरलाई तल झार्न गोडाले थिच्न खोज्दा ट्याक्टरभित्र पस्न गई चालक सार्कीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको प्रहरीको भनाइ छ।
 
यस्तै सिन्धुलीको भिमानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको ट्याक्टर कमलामाई नगरपालिका–१० माईस्थानमा दुर्घटना हुँदा रानीचुरी–१ निवासी १८ वर्षका विजय पाख्रिनको ज्यान गएको छ। सिन्धुलीमाढीतर्फ ढुङ्गा लिएर आउँदै गरेको ना ४ त ९१३८ नम्बरको ट्याक्टर उकालोमा ब्रेक फेल हुँदा सडकबाट २५ फिट तल खसेको प्रहरीले जनाएको छ।
 
धेरै सामान भएका कारण ट्याक्टरले उकालोमा तान्न नसक्दा दुर्घटना भएको र सोही ट्याक्टरमा काम गर्ने पाख्रिनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
दुर्घटनापछि ट्याक्टर चालक फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले बताएको छ। रासस 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ