arrow

गठबन्धनले उपत्यकामा थप १० दिन आन्दोलन गर्ने

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
baluwatar-gherau.jpg.jpeg
काठमाडौँ। पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन गर्दै आएको २९ दलीय सङ्घीय गठबन्धनले राजधानीमा गर्ने थप १० दिनका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
 
आज भएको गठबन्धनको बैठकले काठमाडौँ उपत्यकामा थप १० दिन आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ब्रिखेशचन्द्र लालले जानकारी दिए।
 
संविधानसभाबाट जारी संविधानमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत गठबन्धनले विरोधका कार्यक्रम आज दिउँसो राजधानीको शान्तिबाटिकामा हुने विरोधसभामा सार्वजनिक गर्ने भएको छ।
 
राजधानी केन्द्रित आन्दोलनअन्तर्गत गठबन्धनले यही जेठ ६ गते ललितपुरको लगनखेलमा, जेठ ७ गते नयाँबानेश्वरमा, ८ गते स्वयम्भूमा, ९ गते बौद्धमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुर न्यातपोलमा, १२ गते बालाजुमा, १३ गते कलङ्कीमा, १४ गते मध्यपुरठिमीमा र १५ गते वसन्तपुरमा विरोधसभा गर्ने जनाएको छ।
 
त्यस्तै गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा १६ गते वीरगन्जमा र १७ गते पोखरामा तमुवान सङ्घर्ष समितिको आयोजनामा जनप्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ।
 
राजधानी केन्द्रित आन्दोलनका क्रममा दिन सिंहदरबार र एक दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको गठबन्धनले आज शान्तिबाटिका कोणसभाको आयोजना गर्दैछ।
 
संविधान जारी भएलगत्तै त्यसमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै तराई मधेसमा आन्दोलन गर्दै आएको गठबन्धनले सत्ता पक्षलाई थप दबाब दिन यही जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन सुरु गरेको हो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ