बुद्धको जन्मभूमिबारे परराष्ट्रको परिपक्व धारणाले ल्यायो परिपक्व नतिजाः गगन थापा
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २५ आइतबार
536
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले बुद्धको जन्मभूमिबारे परराष्ट्र मन्त्रालयको परिपक्व वक्तव्यले परिपक्व नतिजा ल्याएका बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा बुद्ध जन्मभूमिबारे भारतीय विदेशमन्त्रीको धारणा त्यसमा नेपालको परराष्ट्र मन्त्रालयले जनाएको प्रतिक्रिया र सो प्रतिक्रियामा भारतीय विदेश मन्त्रालयको थप टिप्पणीका सन्दर्भ थापाले आफ्नो भनाई राखेका थिए ।
थापाले् लेखेका छन्, 'लुम्बिनी भगवान् बुद्धको जन्मभूमि हो भन्ने तथ्यको सम्पूर्ण विश्व साक्षी छ । यसमा कुनै विवाद थिएन, छैन र हुँदैन।बेतुकको बहसमा नअड्कने परराष्ट्र मन्त्रालयको परिपक्व धारणा सही छ । साथै भारतको भर्खरको स्पष्टीकरणले, परराष्ट्र मामिलामा परिपक्व धारणाको प्रभावकारी नतिजा मिल्छ भन्ने प्रमाणित गरेको छ ।'
विदेशमन्त्री जयशंकरको भनाईको नेपालमा आलोचना हुन थालेपछि भारतीय विदेश मन्त्रालयका तर्फबाट प्रवक्ता अनुराग श्रीवास्तवले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा रहेकोमा कुनै शंका नरहेको बताएका छन्।