arrow

नेपाल प्रहरीमा एक सय ५७ जनाको लागि जागिर खुल्यो (विवरण सहित)

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
nepal police.png.png
काठमाडौं। नेपाल प्रहरीले विभिन्न तहको लागि एक सय ५७ जनाको आवेदन माग गरेको छ । नेपाल प्रहरीको अस्पतालको लागि तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रहयोग शालाको लागि समेत गरेर कूल एक सय ५७ जना प्राविधिकहरूको माग गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
 
प्रहरीले बुधबार सूचना जारी गर्दै अस्पतालको लागि प्रहरी नायव उपरीक्षकदेखि प्रहरी नायव निरीक्षक सम्म तथा प्रयोगशालाको लागि प्रहरी निरीक्षक देखि प्रहरी नायव निरीक्षकसम्मको तहको लागि आवेदन माग गरिएको सूचनामा उल्लेख गरीएको छ। आवेदन दिन इच्छुकहरूले जेठ १६ गतेदेखि असार १७ गतेसम्म सम्बन्धित स्थानहरूबाट दरखास्त दिन सकिने बताएको छ। दरखास्त दिन अस्पतालको लागि आवेदनदिनेहरूले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलबाट दिन सक्ने छन् भने प्रयोगशालाको लागि आवेदन दिनेहरूले भने केन्द्रीय प्रहरी विज्ञान प्रयोगशाला सामाखुशीबाट आवेदन दिन सक्ने पनि प्रहरीले जनाएको छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ