arrow

वृजमोहन हत्या आरोपी दुई भारतीयको बयान, ‘टाउको काटेर जङ्गलमा र शव कवाडीमा’

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
Nawalparasi-hamrakura.jpg.jpeg

नवलपरासी । नवलपरासीको दुम्किबासमा केही दिनअघि भएको युवक हत्याका दुई आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गत वैशाख २४ गते दुम्किबासमा विभत्स हत्या भएका वृजमोहन गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा गुप्ताका साथी भारतीय नागरिक १७ वर्षीय सुरेन्द्रकुमार शाह र उनका सहयोगी २५ वर्षीय मुसाफिर खानलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गुप्ताको हत्या गरी फालिएको अवस्थामा दुम्किबासमा उनकै डेरा पछाडि मृतकको शव वैशाख २५ गते र टाउको १० दिनपछि दुम्किबास बजारदेखि डेढ किलोमिटर पूर्वको जङ्गलमा फेला पारेको थियो ।

टाउको भेटिएसँगै मृतक नवलपरासीको देउराली–६ झ्यालबास निवासी भारतीय मूलका २१ वर्षीय वृजमोहन गुप्ताको रहेको पुष्टि भएको छ । घटनाको अनुसन्धानको क्रममा शाह र खानलाई हत्यामा संलग्न रहेको पाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।

२५ हजारको आर्थिक लेनदेनको विषयमा विवाद हुँदा उनकै साथी पक्राउ परेका शाह र खानले गुप्ताको घाँटी थिची हत्या गरी टाउको काटेर टाउको जङ्गलमा र शव कवाडी राख्ने ठाउँमा फालेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीसंगको बयानमा ती आरोपीले यसो भनेका हुन् । भारत घर भई हाल नवलपरासीको देउराली–६ झ्यालबासमा बस्दै आएका वृजमोहन गुप्ता कवाडीको व्यापार गर्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ