arrow

३ बर्षको अबधिमा गौरादहको एक वडाले के के गर्‍यो ?

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ साउन २६ सोमबार
gauradaha-wada.jpg

गौरादह । झापा जिल्ला गौरादह नगरपालिका वडा न १ ले स्थानीय तहको निर्वाचन पश्चात् ३ बर्षे अबधिमा वडा मार्फत संचालित र सम्पन्न योजना तथा कार्यक्रमहरुको बिस्तृत बिबरण सोमबार वडा कार्यालयमा स्थानीय संचारकर्मी माझ प्रस्तुत गरेको छ । 

कार्यक्रममा वडा मार्फत आ ब ०७७/७८ मा रु एक करोड बीस लाख बजेटमा संचालन हुने योजनाहरुको बिस्तृत बिबरण समेत प्रस्तुत गरेको थियो । योजना अन्तरगत गौरादह नगरपालिकाको गौरबको रुपमा रहेको गौरादह पर्यटकीय पोखरीलाइ समेत प्राथमिकतामा राखिएको पाइएको छ । प्रस्तुत बिबरणमा स्थानीय तहको निर्वाचन पश्चात् बिगत ३ बर्षे अबधिमा स्थानीय निकायले सन्चालन र सम्पन्न गरेका योजनाहरु उल्लेखित छ्न । योजना अन्तरगत गौरादह नगरपालिका वडा न १ले सडक सन्जाल तर्फ १९ किमि उच्च स्तरिय सडक निर्माण साथै ८ किमि सडक ग्राभेल गरिएको जनाइएको छ । वडा न १ मा पर्ने पाडाजुँगि- गौरिगन्ज सडक अन्तरगत ८०० मिटर सडक चौडाइ बिस्तार सम्पन्न गरिएको उल्लेख छ ।

निर्माणाधिन अन्तर्गतका सडकहरुमा सितापुरी- रङ्पुर ९५० मिटर सडक ,पेट्रोल पम्प दक्षिण १४ सय मिटर सडक , इप्रका बजार हुँदै रेड्क्रस मार्ग ९०० मिटर सडक , डिपु पश्चिम डिम्बाउठा सडक ,सितापुरी स्कुल पुर्ब किस्नेखोला सडक ,गौरादह बजार पुर्बको सडक ,अर्जुनदेब राइको घर दक्षिण सडक र नमुना सडक लगायतका ८ वडा सडकहरु कालोपत्रे गरिने ठेक्का प्रकृया सुरु भएर कार्य सुचारु अवस्थामा रहेका तथा केही सडकहरुको बजेट बिनियोजन प्रकृया अगाडि बढेको उल्लेख छ ।

पुल कल्भर्ट अन्तरगत ८ वटा पुल कल्भर्ट निर्माण गरिएको ,३० स्थानमा ह्युम पाइप जडान गरिएको , कमल गाउपालिकाको सिमाना कृश्नेखोलामा ९२ मिटरको झोलुङेपुल निर्माण सम्पन्न गरिएको तथा पुर्बाधार बिकास कार्यालय बाट कृश्नेखोलामा पुल निर्माणको ठेक्का प्रकृया सकिएको उल्लेख छ ।

भौतिक संरचना अन्तरगत गौरादह बजारमा सुरक्षा निगरानिका निमित्त सि.सि. क्यामेर जडान तथा ब्यापारिक प्रयोजनका लागि ९८ वटा स्टल निर्माण, ९०० मिटर ड्रेन तथा ढल निर्माण , कृश्नेखोला तथा गेउरिया खोलामा नदि कटान नियन्त्रणका निमित्त ६५० मिटर ग्याबिन जाली निर्माण , वडा अन्तरगत पर्ने संघ सस्था मठमन्दिर तथा बिध्यालयहरुको भौतिक पुर्बाधार सुधार तथा कभर्ड हल एबम खेल मैदान निर्माण सुरु गरिएको जनाइएको छ । 

खानेपानी तथा बिधुत बिस्तार अन्तरगत २ वटा खानेपानी ट्यान्की सन्चालन साथै ६ हजार मिटर पाइप बिस्तारका साथै २०० भन्दा बढी लक्ष्यित परिवारलाई सुलभ मुल्यमा मिटर उपलब्ध गराइनुका साथै आवस्यक स्थानमा बिधुत ट्रान्सर्फमर जडान गरि ७५ वटा पोलमा सडक बत्ती जडान गरिएको उल्लेख छ ।  पर्यटन तर्फ गौरादह नगरपालिकाकै गौरबको रुपमा हेरिदै आएको गौरादह पर्यटन पोखरी छेत्र घेराबारा सम्पन्न गरि आवस्यक पुर्बाधार निर्माण गर्न ४० करोडको डि. पि. आर.तयार गरिएको जनाइएको छ ।

त्यसैगरि सामाजिक छेत्र तर्फ सहायता हस्तान्तरण र स्वाभलम्बी कार्य संचालन अन्तरगत ३०० जनालाई तालिम गराइ सकिएको ,२२५ बिपन्न परिवारलाई न्यानो कपडा बितरण गरिएको ,वडा तथा दात्री निकायको सहयोगमा १३ जना लाई अपाङ्ग सपोर्ट सामाग्री उपलब्ध गराइएको ,४०० परिवारलाई सुलभ शौचालय ,४ वटा आबास निर्माण ,३५ बिगाहा जग्गामा सामुहिक खेती ,४०० पसुको नि:सुल्क बिमा, कृषकहरुलाइ कृषि तालिम तथा बीउ बिजन बितरण लगायतका कार्यहरु गरिएको उल्लेख छ । 

चालू आ. ब. मा पनि सडक सन्जाल निर्माण ,खानेपानी बिस्तार ,सहयोग सहायता सान्ती सुरक्षा ,बिमा कार्यक्रम ,कृषि शिक्षा स्वास्थ्य पशु तथा स्वरोजगार सुचना सन्चार लगायत गौरादह पर्यटकीय पोखरी बिकास तथा संरक्षण समितीलाई अनुदान स्वोरुप ८,००,००० ( आठ लाख ) अनुदान सहित १करोड २० लाख अनुमानित बजेटको पुर्ण बिबरण वडा कार्यालयले प्रस्तुत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ