arrow

प्रयोगकर्तालाई ढाँटेको भनीआएको विवादले उत्कर्षरुप लिएपछि मित्सुविसु मोटर्सका अध्यक्षले दिए राजिनामा

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
BN-OB598_mitsub_M_20160518051828.jpg.jpeg
टोकियो (जापान) । जापानी मित्सुविसु मोटर्स कम्पनीका अध्यक्ष यस कम्पनीबाट उत्पापदित गाडीको इन्धन खपतदरमा प्रयोगकर्तालाई ढाँटेको भनीआएको विवादले उत्कर्षरुप लिएपछि कम्पनीको प्रमुखबाट राजिनामा दिने निर्णय गरेका छन् ।
 
अध्यक्ष तेत्सुरो आईकावाले राजिनामाका लागी पत्र बुधबार नै कम्पनीमा बुझाएका हुन् । 
 
आफ्ना ग्राहक तथा शुभेच्छुकलाई दिएको गलत सूचनाका कारण कम्पनीको प्रतिष्ठामाथि आँच आएको विवादले विश्वभर चर्चा लिन थालेपछि आगामी जुन २४ देखि लागु हुने गरी उनको राजिनामा आएको उक्त कम्पनीद्वारा बुधबार जारी एक विज्ञप्तिमा जनाइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ