arrow

सलमान खानकी प्रेमिका लूलियाको बारे सनसनीपुर्ण खुलासा

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
BF1_salman-khan-to-marry-lulia-vantur-sandhira.jpg.jpeg
एजेन्सी । अहिले बलिउड स्टार सलमान खान र रोमानियाली मोडल लूलिया वन्तूरको प्रेम सम्बन्धलाई लिएर बलिउड तातेको छ । उनिहरु चाडै विवाह बन्धनमा बाधिने अडकल मिडियहरुले काट्दै आएका छन् ।  तर सो बिषयमा सलमान खान र उनका परिवारले कुनै प्रतिक्रिया दिएका छैनन् ।
 
कमै मानिसलाई थाहा होला कि लूलियाले सलमान खानसँग बिवाह गरे उनको यो दोस्रो विवाह हुनेछ । किनभने लूलियाको पहिले पनि विवाह भएको थियो । यस समय लूलियाको पहिलो बिवाह र उनको पुर्व पति मारियस मोगाको केहि तस्बीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
 
मारियस मोगा रोमानियाली गायक र निर्माता हुन् । उनि  यूरोपियमा बस्छन् । लूलिया र मारियस  लामो समय सम्म लिभिङ्ग टुगेदर रिलेसनसिपमा रहे पछि विवाह गरेका थिए ।  सो कुराको जानकारी दुवैले सामाजिक सञ्जाल मार्फत गरिएका थिए । 
 
लूलिया र मारियस बिच विवाहको केहि दिनमै सम्बन्ध टुटेको थियो । उनीहरले सन् २०१० मा सम्बन्ध बिच्छेद गरे । 
 
सलमान र लूलियाको भेट सन् २०१० मा डबलिनमा भएको थियो । सो समय सलमान 'एक था टाइगर' को सुटिङ्गको क्रममा थिए । दुई बिच सोहि समय देखि सम्पर्क हुने गरेको बताइन्छ । हालै लूलिया सलमान खानको आमासँग देखिएकि थिइन् । सो पश्चात यी दुईको विवाह हुने अनुमान सुरु भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ