arrow

जनताकै चाहना र आवश्यकतामा मात्रै संविधान संशोधन हुन सक्छ–महामन्त्री कोइराला

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
Thumbnails1_sasanka-koirala.jpg.jpeg
रुकुम । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गर्नुको कुनै तुक नभएको बताएका छन् । 
 
प्रेस युनियन रुकुमले आज खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने , विश्वमा यस्तो संविधान बिरलै बनेको छ, संविधानसभाको ९० प्रतिशत प्रतिनिधिले निर्माण गरेको संविधान पुनर्लेखन नभई जनताकै चाहना र आवश्यकतामा मात्रै संशोधन हुन सक्छ ।” 
 
केही अमूक शक्तिले संविधान पुनर्लेखनको माग गर्नुलाई ‘बेमौसमको बाजा’को सङ्ज्ञा दिँदै महामन्त्री कोइरालाले वार्तामार्फत नै समस्याको समाधान गर्न आन्दोलनरत पक्ष र सरकारलाई आग्रह गरे  । 
 
मधेस समस्याप्रति पार्टी गम्भीर भएको बताउँदै उनले भने , मधेसलगायत आन्दोलनरत पक्षसँग वार्तामार्फत समाधान खोज्न काँग्रेस तयार छ, तर राष्ट्रियता खतरामा पर्ने गरी सम्झौता गर्न काँग्रेस बाध्य हुँदैन ।” रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ