arrow

बाढीले पुल बगाएसँगै अजयटोड्कीवासीसँगको सम्बन्ध टुट्यो, आवागमन ठप्प 

logo
दयाराम पण्डित,
प्रकाशित २०७७ साउन २७ मंगलबार
pahiro-landslide-bajura.jpg

बाजुरा। गौमुल गाँउपालिका २ अजयटोड्कीको झुलङ्गे पुल बगाँउदा दुई दिनदेखि गाँउनै सम्पर्क बिहिन बनेको छ। त्यहाँ कोही जान सकेको छैन्, फोन समेत सम्पर्क छैन भने कति क्षति भएको जानकारी हुन नसकेको गाँउपालिकाले जनाएको छ । पुलसँगै बस्ति समेत जोखिममा परेको छ । 

झोलङ्गे पुल बगाँउदा तलदुगन र मल दुगुनको आवागमन ठप्प भएको छ । गौमुल गाउँपालिकाको फुलफाटा विद्यालयबाट मंगलवार दिउँसो केही ब्यक्ती सम्पर्कमा आएको स्थानिय बासिन्दा एबं नेपाल तरुणदल जिल्ला कार्यसमिती सचिब हिरेन्द्र रोकायाले जानकारी दिए। गाउँमा गौमुल खोला पसेपछि स्थानिय माथि लेकछानामा ओत लागेका छन् । गाउँ डुवानमा छ खेतवारी पुरै वगेको सचिव रोकायले बताए। गाउँलेको उद्धारको लागि राहात स्वरुप खप्तड मालिका युवा सञ्जाल बाजुराले ३० वटा त्रिपाल र १५ क्वीन्टल चामल बोकेर देववहादुर रोकायाको नेतृत्वमा उद्धार टोली गाउँ गएको छ ।

अजयटोड्की गाँउका २० घरधुरीका ९७ जना रहेको छन्, हेलिकप्टरका लागि पहल भइरहेको छ चाडै उद्धार गर्ने पहलमा रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। भौगोलिक विकटता र जिल्लाका विभिन्न सथानमा बाढीपहिरो बढेसंगै अजयकोटवासीको उद्धारमा ढिलाइ भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराइले पुल बगाएको हुँदा प्रहरी घटनास्थल पुग्न नसकेको वताए । 

अजयटोड्की गाँउमा उद्धारका लागि हेलिकप्टर आबश्यकता भएपनि राज्य बेखबर बनेको खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैशीले बताए । स्थानियलाई खाध्यान्न लगायत राहतको आबश्यकता रहेको छ, तत्काल हेलिकप्टरबाट ब्यबस्थापन गरिनु पर्ने जैशीले वताए । गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने गृहमन्त्रीलाई नै भेटेर उद्धारका लागि पहल भइरहेको वताए । खाद्य अधिकार मञ्च बाजुराले आजै जिल्लाको बाढीपहिरो पिडीतलाई तत्काल राहात तथा ब्यबस्थापन गर्न प्रमुख जिल्ला अधिकारी गैरेलाई ध्यानकर्षण पत्र बुझाएको बताएको छ । 

बाजुरामा आइतवार रातिको अबिरल बर्षासँगै बुढिगंगा नदिमा आएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । बेलीबिज्र बगाएसँगै सदरमुकाम मार्तडी सम्मको सडक यातायात सम्पर्क टुटेको छ । बुढिगंगा नदीमा आएको बाढीले नदिमा रहेका ५ वटा झुलङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । गौमुल गाँउपालिका ३ वटा र २ वटा बडिमालिका नगरपालिकामा रहेका झुलङ्गे पुल बगाएको छ । पुल बगाँउदा एक गाँउबाट अर्को गाँउको आवतजावतसँगै सम्पर्क बिच्छेद भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराइले वताए ।

आईतवार राति आएको अविरल वर्षाका कारण बुढिगंगानदी तटीय क्षेत्रमा लाखौं रुपिया वरावरको धनमाल क्षती भएको छ । बडीमालिका नगरपालिका भौनेरा, राप्क, जडाङ्गा लगायतका ३६पविारको घर वगाएको , ६० परिवार विस्थापित भएको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताए ।  नगरप्रमुख बडुवाल उप प्रमुख कविता विष्ट र निमित्त प्रमुख प्रसाशकीय अधिकृत रंगमल विकको टोली घटनास्थलमै पुगेर राहात वितरण गरिएको थियो । 

तत्काल राहात स्वरुप सोमवार विहानै नेपाल रेडक्रस सोसाइटीलाई अनरोध गरेर ४२ पिस त्रिपाल र भाडावर्तन सहयोग मागेर वितरण गरेको छ । ९६ परिवारका लागि कपडा तथा भाँडा सेभद चिल्ड्रेनले सहयोग गरेको छ। त्यसैगरी आएएन एफ लगायतका दातृ संस्थाले राहात दिन प्रतिवद्ध भएको नगरप्रमुख बडुवालले बताए । सर्वदलीय वैठकको निर्णय अनुसार संघीय कार्यविधी २०७२ अनुसार राहात वितरण गरिने बताइएको छ ।  

बुढीगंगा नदीमा आएको बाढिले घागर, भौनेरा, रापक लगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षेती भएको छ । दर्जनौ घर समेत बगाएको छ । बडिमालिका नगरपालिका २ घागरमा १८ घर, बडिमालिका ६ जडाङ्गामा ६ घर बगाएको छ । त्यस्तै गौमुल गाँउपालिका २ सिममा ८ घर बगाएको छ । गौमुल गाँउपालिका १ र २ मा रहेको अधिकांश बस्ति बिस्थापित भएको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताए।

बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डपनि क्षतबिच्छेद भएको छ । सो सडकको ६२ ठाउँमा पहिरो गएका छन् । सडक खण्डमा रहेका दुईवटा पुल बगाइसकेको छ । ताप्रिसेरामा रहेको पक्कि पुल २ हप्ता पहिला बगाएको थियो भने बेलिब्रिज आईतवार राति बगाएको छ । 

भौगोलिक आधारमा माटो परिक्षण नगरी जथाभावी सडक खन्ने र डोजर प्रयोग गर्ने स्थानीय तहको मनोगत प्रबृत्ती बढेका कारण अत्यधिक पहिरो गइरहेको छ। जथाभावी सडक निर्माण गरेकै कारण बाजुराका ग्रामिण क्षेत्रका वासिन्दाले उच्च जोखिममा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ