arrow

क्वारेन्टिन व्यवस्थापनमा अनियमिततासहित भ्रष्टाचार विरुद्ध सयौंद्धारा प्रदर्शन

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
birodh-congress.jpg

धनुषा । नेपाली कांग्रेस गणेशमान चारनाथ नगर समितिले गणेशमान चारनाथ नगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेको छ । 

धनुषाको वीरेन्द्र बजारस्थित गणेशमान चारनाथ नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अगाडि सयौंको संख्यामा रहेको कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध प्रर्दशन गरेका हुन् । 

नगरपालिकाले क्वारेन्टिन व्यवस्थापन लगायत विभिन्न शिर्षकमा गरेको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, आ.व.२०७६–७७ को आयव्यय पारदर्शी, एक घर एक पिसिआर, लकडाउन अवधिभरको शिक्षा शुल्क माफ गराउनुपर्ने माग गर्दै नगर समितिले नगरपालिका घेराउ गरेको हो । 

गणेशमान चारनाथ नगरपालिका बिरेन्द्र बजारको रामजानकी मन्दिरबाट निस्केको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै नगरपालिका परिसरमा कोण सभामा परिणत भएको थियो । 

कोरोनाको महामारीबिच पनि सयौंको संख्यामा निस्केको जुलुशमा प्रर्दशनकारीहरुले ठेकेदार नगरप्रमुख मुर्दाबाद, धोकेबाजदेखि होसियार, ठेक्कापटा बन्द गर, व्यापारी भ्रष्टाचारी मेयर मुर्दाबाद, नेपाली कांग्रेस जिन्दाबादको नारा लगाउंदै सहभागिता जनाएका थिए । 

नेपाली कांग्रेस गणेशमान चारनाथ नगर समितिका सभापति एवम नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष समेत रहेका रामसुख यादवको अगुवाईमा निस्किएको जुलुशलाई सम्बोधन गर्दै वतmाहरुले आ.व.२०७६–७७ को हिसाब सार्वजनिक गर्नुपर्ने, अवैध नदी उत्खन्न रोक्नुपर्ने, व्यवस्थित क्वारेन्टाईन स्थापना गर्नुपर्ने, बिगतमा गरिएको क्वारेन्टाईन खर्चको हिसाब दिनुपर्ने माग गरेका थिए । 

नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाका उपप्रमुख पदकी पत्यासी तुलसा पाण्डे पटेलले नगर परिषद पूर्व खर्च पारदर्शी हुनुपर्ने माग रहेको बताईन् । 

उनले क्वारेन्टिन व्यवस्थापनमा भएको व्यापक अनियमितताको छानबिन हुनुपर्ने माग समेत गरिन् । 

कोणसभालाई नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका प्रत्यासी संजय महतो, क्षेत्रिय सभापति जितनारायण यादव, पूर्व महाधिवेशन प्रतिनिधि श्यामसुन्दर यादव, नेका सर्वदलीय प्रतिनधि गणेश जैसवाल लगायतले सम्बोधन गरेका थिए ।        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ