रिएजेन्ट कमसल भएको आशंकामा बिरगंजमा संकलित १२ सय ५० स्वाब नमुना पठाइयो काठमाडौं
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ साउन २८ बुधबार
502
Shares
बिरगंज। बिरगंज महानगरपालिकाले नारायणी अस्पताललाई उपलब्ध गराएको रिएजेन्ट कमसल भएकोले परिक्षण प्रकृयामा नतिजा गडबड भएको भन्दै अस्पतालले संकलन गरेको १२ सय ५० थान स्वाबको नमुना राजधानी पठाएको छ।
रिएजेन्ट काम नलाग्ने भएपछि अहिले स्वाब संकलन र पीसीआर परिक्षणको दुवै काम ठप्प भएको छ। सशुल्क गराउन आउनेहरुको पनि परिक्षण नगर्न मेडिकल सुपरिटेण्डेट मदन उपाध्यायले आफ्नो मातहतकालाई लिखित निर्देशन दिएका छन्।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट उपाध्याय र ल्याब इन्चार्ज निरा पाठकको मोबाइल सिस्टममा भएकोले सम्पर्क हुन सकेन। केहि दिनदेखि बिरगञ्जमा कोरोना संक्रमितहरुको संख्या बढ्दो छ।