arrow

जीप दुर्घटनामा परि धर्म लावडको मृत्यु, १० घाईते

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ साउन २९ बिहिबार
accident-hospital-treatment.jpg

मुगु। बुधबार अपरान्ह जिल्ला सदरमुकाम गमगढीबाट जिल्लाकै सोरु गाँउपालिकास्थित तारापानीतर्फ जादै गरेको बोलेरो जीप दुर्घटना हुदा गाडीमा सवार १ जना यात्रुको मृत्यु हुनका साथैै १० जना घाईते भएका छन् ।

सोरु गाँउपालिकातर्फ जादै गर्दा छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउ नजिकै साधेपानी भन्ने स्थानमा क १ ज ३२ नम्बरको बोलेरो जीप सडकबाट १० मिटर तल खस्दा गाडीमा रहेका चालक सहित १० जना घाईते भएका छन भने एक जनाको मृत्यु भएको हो ।

छायाँनाथ रारा नगरपालिका वडा नं १३ रुगा गाँउका १८ वर्षिय धर्म लावडको घटनास्थलमै मृत्यु भएको छ।घाइतेहरुमा जुम्ला सिंजा गाँउपालिका घर भै हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल, सोरुगाउँपालिका ८ रुमका सिद्ध रावल, विर्षना रावल, टेकराज रावल, वडा नं ५ नेरका सुरेश शाही, राज बहादुर शाही, वडा नं ९ कालैका रघु विटालु, भक्त लावड, वडा नं ३ कमलराज बुमी र वडा नं ७ ख्यालचका रुपलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी गराए।

घाईतेहरुको हाल जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ भने सोरु गाउपालिका वडा नं ५ का वर्ष ६२ का राज बहादुर शाही र वडा नं ७ रुपलाल बुढाको अवस्था गम्भिर भएकाले जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गर्नका लागी रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ